हाम्रो आम अवगुण के छ भने, हामी धेरैलाई अरुको कुरा नकाटी खाकै पच्दैन । अघिल्तिर ठिक्क पार्ने र अलि पर पुगेर अर्कोस“ग ‘त्यो त खत्तम’ भन्नेहरु खोज्न कतै जानै पर्दैन । तपाई हामी सबैले आ–आफ्नै कार्यथलो र साथी संगीलाई हेरे पुग्छ । देउरानी–जेठानी या नन्द–भाउजूको छेडछाड त सामान्य नै हुन् । बरु असामान्य चाहि“ देख्दै नदेखेको मान्छेमाथिको चरित्र चित्रण गर्दै खिसीट्यूरी गर्नेसम्म प्रवृत्ति तपाई हाम्रै परिवेशमा देखिन्छ । ‘पहिला पहिला त अलि कमै सुनिन्थ्यो,’ समाजशास्त्री डिल्लीराम दाहाललाई लाग्छ, ‘अहिले त कति धेरै कुरा काट्नेहरु !’ उनी यो प्रवृत्ति ‘राष्ट्रिय संस्कृति’कै रुपमा झाङ्गिएको ठम्याइमा पुगेका छन् । थप्छन्–‘राजनीतिक क्रान्तिपछि आएका परिवर्तनले नेपालीलाई खुलमखुल्ला बोल्न र अरुको विरुद्ध आवाज बुलन्द पार्न उक्साइदियो ।’
पञ्चायत र त्यसअघि यहा“ सीमित व्यक्तिको अधिनमा समाज चल्थ्यो । प्रधानका अघिल्तिर गाउ“लेहरु बोल्नै धकाउंँथे । ‘बडा’हरुको अधिनमा पूरै क्षेत्र जम्थ्यो । ‘कतिसम्म भने मान्छेहरु आधारभूत आवश्यकता खोसिंदा समेत बोल्न सक्दैनथे,’ दाहाल सम्झन्छन् । ०४६ सँगै देशमा भित्रिएको बहुदलीय व्यवस्थाले मान्छेलाई आप्mना आवश्यकतामाथि बहस छेड्ने स्वतन्त्रता दिलायो तर ‘कसले के बोल्ने’ भन्ने विषय प्राथमिकतामा पारिएन । जसले जे बोले पनि हुने भयो । ‘अनि मान्छेहरु अरुको कुरा काट्न झन् उक्सिए’ अर्का समाजशास्त्री रामबहादुर क्षेत्री भन्छन्,‘यसमै रमाउन थाले ।’
हु“दाहु“दा, दाहालले देखेझै यहा“ कुरा काट्ने एउटा संस्कृतिले विकसित रुप लिन थाल्यो । ०६२÷०६३ को आन्दोलनपछि त सबै ‘मै हु“’ भन्न थालेका छन् । एकले अर्काको कुरा धैर्य गरेर सुन्नै छाडे । पढेका÷बुझेकाहरु पनि हल्लाकै पछि लागेका देखिए । अब त हु“दाहु“दा यो एउटा व्यवसायका रुपमा पो देखा पर्न थाल्यो । दाहाल भन्छन्, ‘एउटाको विरुद्धमा कुरा लाएर अरुले काम पट्याउन थाले ।’ अहिले पौराणिक पात्र नारदलाई विर्साउने ‘नवनारद’ हरु समाजमा व्याप्त छन् ।
कुरा काट्ने÷लगाउने प्रवृत्ति अस्वस्थ समाजको सूचक हो । मनोविद डाक्टर नन्दिता शर्मा भन्छिन्, ‘अर्काको नराम्रो भनेपछि पो काम पाइने रै’छ भन्ने मानसिकताले डेरा जमाउ“छ र एक अर्कालाई खिस्सी गर्नेहरुको जमात बढ्दै जान्छ ।’ यसको आयतन यस्तरी तन्किएको छ, सभ्य र भलादमीहरुको मुठ्ठीमा रहेको मानिने इन्टरनेट प्रयोगकर्तामा समेत यस्तो अभ्यास बढ्दै गएको पाइन्छ । पहु“च बढ्दै गएको इन्टरनेटमार्फत् फेसबुक, ट्विटरजस्ता सामाजिक सञ्जाल साइटमा पनि घोचपेच गर्नेहरु बढिरहेका देखिन्छन् ।
स्वतन्त्रता छ भन्दैमा कुरा काटिहाल्नुपर्छ त ? बुझ्नेहरु यो प्रश्नमा अन्कनाउ“छन् तर चिकित्सकहरु चाहि ‘रोगी’को संज्ञा दिन्छन् ।
रोग पनि हुनसक्छ
सामान्यतः जन्मे÷हुर्केको समाजको प्रवृत्तिले तपाइँको सोचाइलाई प्रभावित पार्छ । परिवार÷छरछिमेकका अग्रजले कसैबारे टिका टिप्पणी गरिरहने चलन छ भने तपाइँ त्यसको सिको गर्न थाल्नुहुन्छ । हाम्रो समाजमा घर गृहणी (अग्रज)को ‘उल्लेख्य’ गफको विषय अरुको बानी÷प्रगति÷दुर्गति हुने गर्छ । घरायसी कामकै लागि केही समय नजिककास“ग ‘यत्तिकै’ भेटघाट भइरहँदा (पानी या सागसब्जी लिन बाहिर निस्कँदा) हुने गफमा कसैको प्रगति÷दुर्गतिको विषयले ठाउ पाइरहेको हुन्छ । आलोचना गर्ने प्रवृत्तिले बिस्तारै रोगको रुपधारण गर्न सक्छ ।
आपूmलाई मात्रै सबैथोक थाहा छ भन्ने अहमता बोक्ने अरुको औधि कुरा काट्ने रोगबाट ग्रसित हुन्छन् । यसलाई ‘असन्तुलित व्यक्तित्व’ (पर्सनालिटी डिसअर्डर) भनिन्छ । आप्mनै कल्पनामा डुबुल्की मार्नु, अरुलाई गन्दै नगन्नु र औधि ठूलो महत्वकांक्षा बोक्नु यो रोगका विशेषता हुन् । यो रोग लागेकाले अरुको कुरा नकाटी समय बिताउन सक्दैनन् र यसोगर्दा तिनलाई कुनै पीडा अनुभूति पनि हु“दैन । द रोयल कलेज अफ साइक्याट्रिस्टले एक अध्ययनपछि हालै सार्वजनिक गरेअनुसार यो रोग लागेकाहरुमा निम्न लक्षण देखा पर्छन् ः
- आँफै र अरुस“ग पनि मिलेर बस्न गाह्रो अनुभूत गराउ“छ ।
- विगतका अनुभवले आप्mना कमजोरीलाई सुधार्न पटक्कै सिकाउदैन÷सिक्न मन नै लाग्दैन ।
- परिवार, साथीभाइ र सहकर्मीस“गको सम्बन्धलाई घनिभूत बनाउन सकि“दैन ।
- आप्mनै भावना या आचरणलाई नियन्त्रण गर्न गाह्रो हुन्छ ।
- आपूm निराश बन्दा अरुलाई पनि हतास बनाइन्छ ।
वरिष्ठ मनोचिकित्सक डा. निराकारमान श्रेष्ठका अनुसार, यो रोगले गा“जेपछि जतिसुकै राम्रो काम गर्नेहरुलाई पनि टिप्पणी गरिहाल्ने समस्या देखापर्छ र उनीहरुमा डिप्रेसनसम्मको समस्या देखा पर्छ, । डा. श्रेष्ठ भन्छन्, ‘उपचार गराउनैपर्छ ।’
यो रोगको उपचार साइकोलोजिकल थेरापी (मनोचिकित्सकहरुबाट भावना, आत्मियता तथा सोचाइमाथि ६ देखि १२ महिनासम्म कोर्ष गराइन्छ) बाट सम्भव छ । यो थेरापी तीन भागमा विभाजित छ ः कग्नीटिभ विहेविअरल थेरापी (यसमा कुनै कुराबारे हामी के सोच्छौं ? कसरी निर्णयमा पुग्छौं ? भन्नेबारे छलफल गरिन्छ), रिप्mलेक्टिभ साइको थेरापी (बाल अवस्थामा मस्तिष्कमा परेका नकारात्मक सन्देशलाई हटाइन्छ) र इन्टरपर्सनल थेरापी (एक अर्कासँगको सम्बन्धलाई सुमधुर बनाउनेबारे ) ।
सबै रोगी होइनन्
तर सबै कुरा काट्नेहरु रोगी नै हुन भन्न मिल्दैन । सामान्यतया हामी सामाजिक प्राणी भएकाले गफगाफ गरिरहन्छौं, त्यसमा कसैको विषयले प्रवेश पाउन सक्छ । सामान्यतः हामी निम्न अवस्थामा कुरा काट्छौ :
हेपाहा दृष्टि
मान्छेको उपस्थितिमै पनि कुरा काटिन्छ । यसोगर्दा जसको बारेमा कुरा गरेको हो उसलाई कत्ति पनि मतलब दिइादैन र लगभग विचरा बनाइन्छ । समय कटाउन कसैको नाममा जोक बनाएर खालि समय सदुपयोग गर्न कुरा काटिन्छ । यहाँ आपूmले माया गर्ने मान्छेकै पनि खिल्ली उडाइन्छ ।
इष्र्या
कसैको उन्नति र प्रगतिबाट तपाइँ जल्नुभयो भने त्यसलाई शान्त पार्न कुरा काट्नैपर्ने निस्कर्षमा पुग्नुहुन्छ । अरुका अगाडि उसबारे नराम्रा कुरा गर्दिएपछि सबैले खत्तम भन्छन् भन्ने मानसिकताले यसो गरिन्छ । यो कसैको रिसमा या आवेगमा आउँदा भन्दा अझ उच्च खतरानक सूचक हो ।
रिस
कसैसँग रिस उठ्यो भने कुरा काट्न थालिन्छ । उसका नराम्रा पक्ष फतफताउँदै रिसलाई साम्य पार्ने प्रयास गरिन्छ । तपाइँलाई अरु कसैले ध्यान भंग नगरुन्जेल यसलाई तन्काइरहन मन लाग्छ ।
अब्बलता पुष्टि गर्न
अरुभन्दा आपूm अब्बल भएको बताउन कुरा काटिन्छ । यसोगर्दा सम्बन्धितले आपूmलाई सबैभन्दा गतिलो ठानून् भन्ने ध्यये हुन्छ ।
दोषबाट उम्कन
कुनै नराम्रो कामका लागि सम्भाव्य आरोपबाट बच्न अरु कसैलाई आरोप लगाउन कुरा काटिन्छ ।
हेपिएको अनुभूति हटाउन
कसैले आपूmलाई हेपेको या अती पीडा दिन खोजेको अनुभूत भएमा अरुसँग त्यसको कुरा काट्नै पर्ने अवस्था आउँछ जसकारण उसको नकारात्मक छवि प्रचारमा आओस् ।
साथित्वलाई जोगाउन
यदि तपाइसँगै भएकाहरुले कसैको कुरा काटिरहेका छन् भने आपूmले समर्थन नगरे असजिलोपना महसुस त गरिन्छ नै साथै उनीहरुले बेवास्ता गर्दै छाडिदिनेसम्मको
खतरा अवस्था सिर्जना हुनसक्छ ।
Leave your response!