Young Media Personality from Nepal
कुरा काट्नु मानसिक समस्यै हो त ?

हाम्रो आम अवगुण के छ भने, हामी धेरैलाई अरुको कुरा नकाटी खाकै पच्दैन । अघिल्तिर ठिक्क पार्ने र अलि पर पुगेर अर्कोस“ग ‘त्यो त खत्तम’ भन्नेहरु खोज्न कतै जानै पर्दैन । तपाई हामी सबैले आ–आफ्नै कार्यथलो र साथी संगीलाई हेरे पुग्छ । देउरानी–जेठानी या नन्द–भाउजूको छेडछाड त सामान्य नै हुन् । बरु असामान्य चाहि“ देख्दै नदेखेको मान्छेमाथिको चरित्र चित्रण गर्दै खिसीट्यूरी गर्नेसम्म प्रवृत्ति तपाई हाम्रै परिवेशमा देखिन्छ । ‘पहिला पहिला त अलि कमै सुनिन्थ्यो,’ समाजशास्त्री डिल्लीराम दाहाललाई लाग्छ, ‘अहिले त कति धेरै कुरा काट्नेहरु !’ उनी यो प्रवृत्ति ‘राष्ट्रिय संस्कृति’कै रुपमा झाङ्गिएको ठम्याइमा पुगेका छन् । थप्छन्–‘राजनीतिक क्रान्तिपछि आएका परिवर्तनले नेपालीलाई खुलमखुल्ला बोल्न र अरुको विरुद्ध आवाज बुलन्द पार्न उक्साइदियो ।’

पञ्चायत र त्यसअघि यहा“ सीमित व्यक्तिको अधिनमा समाज चल्थ्यो । प्रधानका अघिल्तिर गाउ“लेहरु बोल्नै धकाउंँथे । ‘बडा’हरुको अधिनमा पूरै क्षेत्र जम्थ्यो । ‘कतिसम्म भने मान्छेहरु आधारभूत आवश्यकता खोसिंदा समेत बोल्न सक्दैनथे,’ दाहाल सम्झन्छन् । ०४६ सँगै देशमा भित्रिएको बहुदलीय व्यवस्थाले मान्छेलाई आप्mना आवश्यकतामाथि बहस छेड्ने स्वतन्त्रता दिलायो तर ‘कसले के बोल्ने’ भन्ने विषय प्राथमिकतामा पारिएन । जसले जे बोले पनि हुने भयो । ‘अनि मान्छेहरु अरुको कुरा काट्न झन् उक्सिए’ अर्का समाजशास्त्री रामबहादुर क्षेत्री भन्छन्,‘यसमै रमाउन थाले ।’

हु“दाहु“दा, दाहालले देखेझै यहा“ कुरा काट्ने एउटा संस्कृतिले विकसित रुप लिन थाल्यो । ०६२÷०६३ को आन्दोलनपछि त सबै ‘मै हु“’ भन्न थालेका छन् । एकले अर्काको कुरा धैर्य गरेर सुन्नै छाडे । पढेका÷बुझेकाहरु पनि हल्लाकै पछि लागेका देखिए । अब त हु“दाहु“दा यो एउटा व्यवसायका रुपमा पो देखा पर्न थाल्यो । दाहाल भन्छन्, ‘एउटाको विरुद्धमा कुरा लाएर अरुले काम पट्याउन थाले ।’ अहिले पौराणिक पात्र नारदलाई विर्साउने ‘नवनारद’ हरु समाजमा व्याप्त छन् ।

कुरा काट्ने÷लगाउने प्रवृत्ति अस्वस्थ समाजको सूचक हो । मनोविद डाक्टर नन्दिता शर्मा भन्छिन्, ‘अर्काको नराम्रो भनेपछि पो काम पाइने रै’छ भन्ने मानसिकताले डेरा जमाउ“छ र एक अर्कालाई खिस्सी गर्नेहरुको जमात बढ्दै जान्छ ।’ यसको आयतन यस्तरी तन्किएको छ, सभ्य र भलादमीहरुको मुठ्ठीमा रहेको मानिने इन्टरनेट प्रयोगकर्तामा समेत यस्तो अभ्यास बढ्दै गएको पाइन्छ । पहु“च बढ्दै गएको इन्टरनेटमार्फत् फेसबुक, ट्विटरजस्ता सामाजिक सञ्जाल साइटमा पनि घोचपेच गर्नेहरु बढिरहेका देखिन्छन् ।

स्वतन्त्रता छ भन्दैमा कुरा काटिहाल्नुपर्छ त ? बुझ्नेहरु यो प्रश्नमा अन्कनाउ“छन् तर चिकित्सकहरु चाहि ‘रोगी’को संज्ञा दिन्छन् ।

रोग पनि हुनसक्छ
सामान्यतः जन्मे÷हुर्केको समाजको प्रवृत्तिले तपाइँको सोचाइलाई प्रभावित पार्छ । परिवार÷छरछिमेकका अग्रजले कसैबारे टिका टिप्पणी गरिरहने चलन छ भने तपाइँ त्यसको सिको गर्न थाल्नुहुन्छ । हाम्रो समाजमा घर गृहणी (अग्रज)को ‘उल्लेख्य’ गफको विषय अरुको बानी÷प्रगति÷दुर्गति हुने गर्छ । घरायसी कामकै लागि केही समय नजिककास“ग ‘यत्तिकै’ भेटघाट भइरहँदा (पानी या सागसब्जी लिन बाहिर निस्कँदा) हुने गफमा कसैको प्रगति÷दुर्गतिको विषयले ठाउ पाइरहेको हुन्छ । आलोचना गर्ने प्रवृत्तिले बिस्तारै रोगको रुपधारण गर्न सक्छ ।

आपूmलाई मात्रै सबैथोक थाहा छ भन्ने अहमता बोक्ने अरुको औधि कुरा काट्ने रोगबाट ग्रसित हुन्छन् । यसलाई ‘असन्तुलित व्यक्तित्व’ (पर्सनालिटी डिसअर्डर) भनिन्छ । आप्mनै कल्पनामा डुबुल्की मार्नु, अरुलाई गन्दै नगन्नु र औधि ठूलो महत्वकांक्षा बोक्नु यो रोगका विशेषता हुन् । यो रोग लागेकाले अरुको कुरा नकाटी समय बिताउन सक्दैनन् र यसोगर्दा तिनलाई कुनै पीडा अनुभूति पनि हु“दैन । द रोयल कलेज अफ साइक्याट्रिस्टले एक अध्ययनपछि हालै सार्वजनिक गरेअनुसार यो रोग लागेकाहरुमा निम्न लक्षण देखा पर्छन् ः

  • आँफै र अरुस“ग पनि मिलेर बस्न गाह्रो अनुभूत गराउ“छ ।
  •  विगतका अनुभवले आप्mना कमजोरीलाई सुधार्न पटक्कै सिकाउदैन÷सिक्न मन नै लाग्दैन ।
  •  परिवार, साथीभाइ र सहकर्मीस“गको सम्बन्धलाई घनिभूत बनाउन सकि“दैन ।
  • आप्mनै भावना या आचरणलाई नियन्त्रण गर्न गाह्रो हुन्छ ।
  • आपूm निराश बन्दा अरुलाई पनि हतास बनाइन्छ ।

वरिष्ठ मनोचिकित्सक डा. निराकारमान श्रेष्ठका अनुसार, यो रोगले गा“जेपछि जतिसुकै राम्रो काम गर्नेहरुलाई पनि टिप्पणी गरिहाल्ने समस्या देखापर्छ र उनीहरुमा डिप्रेसनसम्मको समस्या देखा पर्छ, ।  डा. श्रेष्ठ भन्छन्, ‘उपचार गराउनैपर्छ ।’

यो रोगको उपचार साइकोलोजिकल थेरापी (मनोचिकित्सकहरुबाट भावना, आत्मियता तथा सोचाइमाथि ६ देखि १२ महिनासम्म कोर्ष गराइन्छ) बाट सम्भव छ । यो थेरापी तीन भागमा विभाजित छ ः कग्नीटिभ विहेविअरल थेरापी (यसमा कुनै कुराबारे हामी के सोच्छौं ? कसरी निर्णयमा पुग्छौं ? भन्नेबारे छलफल गरिन्छ), रिप्mलेक्टिभ साइको थेरापी (बाल अवस्थामा मस्तिष्कमा परेका नकारात्मक सन्देशलाई हटाइन्छ) र इन्टरपर्सनल थेरापी (एक अर्कासँगको सम्बन्धलाई सुमधुर बनाउनेबारे ) ।

सबै रोगी होइनन्
तर सबै कुरा काट्नेहरु रोगी नै हुन भन्न मिल्दैन । सामान्यतया हामी सामाजिक प्राणी भएकाले गफगाफ गरिरहन्छौं, त्यसमा कसैको विषयले प्रवेश पाउन सक्छ । सामान्यतः हामी निम्न अवस्थामा कुरा काट्छौ :

हेपाहा दृष्टि
मान्छेको उपस्थितिमै पनि कुरा काटिन्छ । यसोगर्दा जसको बारेमा कुरा गरेको हो उसलाई कत्ति पनि मतलब दिइादैन र लगभग विचरा बनाइन्छ । समय कटाउन कसैको नाममा जोक बनाएर खालि समय सदुपयोग गर्न कुरा काटिन्छ । यहाँ आपूmले माया गर्ने मान्छेकै पनि खिल्ली उडाइन्छ ।

इष्र्या
कसैको उन्नति र प्रगतिबाट तपाइँ जल्नुभयो भने त्यसलाई शान्त पार्न कुरा  काट्नैपर्ने निस्कर्षमा पुग्नुहुन्छ । अरुका अगाडि उसबारे नराम्रा कुरा गर्दिएपछि सबैले खत्तम भन्छन् भन्ने मानसिकताले यसो गरिन्छ । यो कसैको रिसमा या आवेगमा आउँदा भन्दा अझ उच्च खतरानक सूचक हो ।

रिस
कसैसँग रिस उठ्यो भने कुरा काट्न थालिन्छ । उसका नराम्रा पक्ष फतफताउँदै रिसलाई साम्य पार्ने प्रयास गरिन्छ । तपाइँलाई अरु कसैले ध्यान भंग नगरुन्जेल यसलाई तन्काइरहन मन लाग्छ ।

अब्बलता पुष्टि गर्न
अरुभन्दा आपूm अब्बल भएको बताउन कुरा काटिन्छ । यसोगर्दा सम्बन्धितले आपूmलाई सबैभन्दा गतिलो ठानून् भन्ने ध्यये हुन्छ ।

दोषबाट उम्कन
कुनै नराम्रो कामका लागि सम्भाव्य आरोपबाट बच्न अरु कसैलाई आरोप लगाउन कुरा काटिन्छ ।

हेपिएको अनुभूति हटाउन
कसैले आपूmलाई हेपेको या अती पीडा दिन खोजेको अनुभूत भएमा अरुसँग त्यसको कुरा काट्नै पर्ने अवस्था आउँछ जसकारण उसको नकारात्मक छवि प्रचारमा आओस् ।

साथित्वलाई जोगाउन
यदि तपाइसँगै भएकाहरुले कसैको कुरा काटिरहेका छन् भने आपूmले समर्थन नगरे असजिलोपना महसुस त गरिन्छ नै साथै उनीहरुले बेवास्ता गर्दै छाडिदिनेसम्मको
खतरा अवस्था सिर्जना हुनसक्छ ।

 

Leave your response!

Add your comment below, or trackback from your own site. You can also subscribe to these comments via RSS.

Be nice. Keep it clean. Stay on topic. No spam.

You can use these tags:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

This is a Gravatar-enabled weblog. To get your own globally-recognized-avatar, please register at Gravatar.

*